रतुवा खोलामा भेटिएको शवको अझै खुलेन पहिचान, पाइपले घाँटी कसेर हत्या गरी पुलबाट फालिएको आशंका
4 days ago
53
झापा : झापाको दमकस्थित रतुवा खोलामा बोराभित्र फेला परेको महिलाको शवको पहिचान अझै खुल्न सकेको छैन। प्रहरीले घटनालाई शंकास्पद हत्या मानेर अनुसन्धान तीव्र बनाएको छ।
दमक–१० स्थित सेतुमारी पुलमुनि शनिबार बिहान एक महिलाको शव फेला परेको थियो।