घडीमा साढे चार बज्छ। हिजोको दिन बितिसकेको छ। अर्को बार र गते आइसकेको छ। गोरक्शेपको ढुङ्गे लजको दैलो घोर्याक्क खोलेर म बाहिर निस्किन्छु। हावा यस्तो चिसो छ कि सास फेर्दा नाकभित्रै देखि सियोले घोचेजस्तो मुटुसम्मै छुन पुग्छ। लगलग कम्पन छुट्छ। चिसोको ताप...